Logo

३० भदौ,काठमाडौँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सको ७२ सिटे एटिआर विमान भरतपुर लैजाने तयारी गरिएको हो । गत असार ६ गते श्रीले काठमाडौँ–भरतपुर परीक्षण उडान गरेको थियो । परीक्षण उडान सफल भएसँगै श्रीले काठमाडौँ–भरतपुर व्यावसायिक उडान गर्न चाहेको श्री एयरलाइन्सले जनाएको छ ।


सम्बन्धित समाचार