Logo

३० भदौ,वीरगञ्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आईतवार त्रीवेणी ग्रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा ०८ महिला सहित ११६ जना ले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा नमु थापा,रूवावती चौघरी,लछमी तिमलसिना, सालीनी चौघरी, चंद्रकला राइ, मनिसा गौतम, बिबेक चौघरी,संसार गीरी, अनील साह, राजेश प्रसाद पटेल लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएको यस कार्यक्रम का सह संयोजक नरेश भंसाली ले बताउनु भयो ।

तेरापंथ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको ,मानव अघीकार कर्मी राजेश जैन बोथरा परिषदका उपाध्यक्ष पीयूष जम्मड,पंकज बैद, कार्यक्रम संयोजक धिरज बोरड,सहसंयोजक नरेश भंसाली ,राजेश पुग्लिया, प्रदिप वैद, लगायत त्रीवेणी संस्थाका प्रतिनिधि एवं स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

तेरापंथ युवक परिषद वीरगन्जले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य अनुसार आज पांचौ दिन विरगंजको जैन भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो र यो क्रम सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, स्थानहरुमा असोज ४ गते सम्म निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको हो ।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक मनीस साह, अजय साह लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए ।यो काय्रक्रम को जानकारी सह संयोजक नरेश भंसाली ले गराउनु भयो ।


सम्बन्धित समाचार