Logo

३० भदौ, बारा । प्रेस चौतारी नेपाल बाराले नेपाल पत्रकार महासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

आसन्न निर्वाचनका सन्दर्भमा भदौ २४ गते सार्वजनिक गरेको मतदाता (सदस्य) नामावालीमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड विपरित रहेकोे ठहर गर्दै महासंघको बारा शाखामा प्रेस चौतारी नेपालले अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

प्रकाशित गरिएको नामावलीमा छुटेका क्रियाशिल पत्रकारलाई समावेश नगरेसम्म केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन प्रक्रियामा हामी सहभागी हुन नसक्ने जनाएको छ ।

पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानमा साथ र सहकार्य गर्दै आईरहेको अवस्थामा पछिल्लो पटक प्रेस चौतारी नेपालको अस्तित्व समेत समाप्त गर्ने गरी शुद्धिकरणको मापदण्ड विपरित एकतर्फी र एकलौटी ढंगले नामावली सार्वजनिक गर्ने कार्य अत्यन्तै खेदजनक र त्रुटीपूर्ण रहेको विज्ञप्तिमा जनाईएको छ ।

सक्रिय पत्रकारलाई पाखा लगाउँदै एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा निष्क्रिय रहेको, राजनीतिक दलमा सक्रिय रहेको, सरकारी कार्यालयमा कार्यरत रहेको व्यक्तिलाई समावेश गर्दै पछिल्लो पटक सार्वजनिक गरिएको सदस्यता नामावलीलाई स्विकार गर्न नसकिने पनि जनाएको छ ।

सक्रिय पत्रकारलाई समावेश गरेर अर्को नामावली सार्वजनिक नभएसम्म बारा जिल्लामा निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरेको छ । सक्रिय पत्रकारलाई समावेश नगरी निर्वाचन गर्ने प्रयास गरिए त्यसको कडारुपमा प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।

चौतारीले उठाएका माग पूरा नभएरसम्म नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बाराको कार्यालयमा अनिश्चित तालाबन्दी गरिएको अध्यक्ष दिवाकर भण्डारी र सचिव जिउत प्रसाद यादवले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार