Logo

३१ भदौ, वीरगञ्ज । बाराको निजगढमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना गम्भिर घाईते भएका छन् । बिराटनगरबाट दाङ जादै गरेको बस आईतबार मध्यरातमा निजगढ नगरपालिका वडा नम्बर ८ मा पर्ने उन्नासी पुलमा दुर्घटनामा परेको हो ।

चालक र सहचालकसहित ४३ जना सवार ना ८ ख ११६४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका यादवको वीरगञ्ज स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

अन्य गम्भिर घाईते ७ जनालाई सोही अस्पतालमा उपचार भईरहेको कुशवाहाले बताए । दुर्घटनामा परेर मध्यम र समान्य घाईतेहरुको उपचार निजगढ स्थित सामुदायीक प्रसुती गृह अस्पताल र सिटी अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक कुशवाहाका अनुसार १५ जना मध्यम र २० जना समान्य घाईते रहेका छन् ।

प्रहरीका अनुसार बसको अगाडीको पट्टा भाँचिएर बस अनियन्त्रित भएर पुलको १० मिटर तल खसेको थियो । दुर्घटनाको अवस्था हेर्दा ठुलो क्षतिबाट जोगिएको प्रहरी निरिक्षक कुशवाहाको भनाई छ ।

यात्रुको नामावली
बस चालक – सल्यान सारदा नगरपालिका–३ का ४० वर्षीय भोला बहादुर भण्डारी
सह–चालक – दाङ तुल्सिपुर नगरपालिका–५ का ३५ वर्षीय कृष्ण बहादुर बुढाथोकी
यात्रु
प्युठान सरुमाइरानी गाँउपालिका–३ का ४६ वर्षीय ईमा राम सुनार
प्युठान सरुमाइरानी गाँउपालिका–३ का ४२ वर्षीय सिताराम सुनार
सुर्खेत भेरी गंगा नगरपालिका–११ का २५ वर्षीय सोनु बि.क.
सल्यान बागचौर नगरपालिका–४ का २६ वर्षीय तुलसा के.सी.
सुर्खेत सिंगठन नगरपालिका–२ का २२ वर्षिय कर्ण खड्का
अर्घाखाची सितगंगा नगरपालिका–७ का २६ वर्षीय बुठा बहादुर राउत
अर्घाखाची सितगंगा नगरपालिका–७ का २७ वर्षीय रोम बहादुर राउत
प्युठान बांगेशाल नगरपालिका–१ का ४७ वर्षीय भुपेन दमाई
सरुमाईरानी गाँउपालिका–१ का १८ गणेश बादी
सरुमाईरानी गाँउपालिका–१ का ३५ वर्षीय बल बहादुर दमाई
दाङ राप्ति गाँउपालिका–५ का २१ वर्षीया सपना भट्टराई
रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ का २० वर्षीय सन्तोष विष्ट
प्युठान सरुमईरानी गाँउपालिका–३ का २२ वर्षीय शंखर बि.क.
सल्यान कालिमाटी गाँउपालिका–२ का २५ वर्षीय दल बहादुर बुढा
अर्घाखाची सितगंगा नगरपालिका– ९ का ४३ वर्षीय देब बहादुर थापा
दाङ घोराही नगरपालिका–१० की ४० वर्षीय लक्ष्मी अधिकारी
सल्यान कपुरकोट गाँउपालिका–६ की ५५ वर्षीय टिकी पुन मगर
कालिमाटी गाँउपालिका–३ का १९ वषीय प्रकाश सिंजालि
प्युठान सरुमाईरानी गाँउपालिका–१ का २६ वर्षीय बेद प्रसाद बि.क.
सल्यान सारदा गाँउपालिका–५ का ५५ वर्षीय बल बहादुर मगर
दाङ देउखुरी गटवा गाँउपालिका–५ का ४५ वर्षीय चेतन राय यादव
सल्यान कालिमाटी गाँउपालिका–२ का ६५ वर्षीय दल बहादुर बि.क
दाङ मटिअर्वा गाँउपालिका–५ का ३५ वर्षीय दयाराम यादव
कपिलबस्तु शिवारा गाँउपालिका–४ का ५५ वर्षीय समित बैठा
प्युठान सरुमाई रानी गाँउपालिका–१ का ५५ वर्षीय चन्द्र धामि
सिराहा बरियार गाँउपालिका–५ का ५५ वर्षीय बलिराम यादव
सुनसरी ईनर्वा गाँउपालिका–३ की ३५ वर्षीया संगिता मगर
दाङ गदर्वा गाँउपालिका–३ की ५५ वर्षीया बिरुन यादव
तुल्सिपुर उपमहानगरपालिका–१८ की ३० वर्षीया हिरा बहदुर सुनार
प्युठान सरुमाईरानी गाँउपालिका–३ को ४५ वर्षीय तुल्सिराम साठिधारी
दाङ राजपुर गाँउपालिका का २१ वर्षीय चितराम यादव
सोही स्थानका ६० वर्षीय मिथुजा पैठान
प्युठान हंसपुर नगरपालिका–३ का ५९ वर्षीय गंगाराम बि.क.
धनकुटा चौबिसकोटी गाँउपालिका–५ की ३५ वर्षीया खेम कुमारी याखा
प्युठान सरुमाईरानि नगरपालिका–१ का ५४ वर्षीय टिकाराम बि.क.
कपिलबस्तु शिबराज नगरपालिका–४ का ३३ वर्षीय बब्लु अंसारी
सोही स्थानका ३९ वर्षीय अक्बर मुसलवान
सल्यान दार्मा गाँउपालिका–५ का २२ वर्षीय जगत बहादुर खड्का
सुर्खेत सिमता गाँउपालिका–८ का २२ वर्षीय खेमराज राना
भारत सिद्धानगर ईमिलिया का ५० वर्षीय साहोल प्रसाद चौरसिया
भारत यु.पि.का १४ वर्षीया हुल्सन कुमार चौरसिया


सम्बन्धित समाचार