Logo

२ असोज,काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएको र दिउँसो १ बजेका लागि बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले बताए ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि काँग्रेस–एमालेको सरकार बनेको छ । साउन ११ गते कोशी सरकार छाडेको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री कार्कीको समर्थनमा एमालेका ४० र काँग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।


सम्बन्धित समाचार