Logo

२ असोज,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार