Logo

२ असोज,वीरगञ्ज । पर्सा प्रहरीले करीब ३ किलो लागुऔषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश कुडोल फतेहजवाद बस्ने ४२ वर्षीय गोपाल गिरी रहेका छन् ।

विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय छपकैया पर्साबाट खटिएको प्रहरी टोलीले एक जना संकाष्पद व्यक्तिलाइ रोकी चेकजाँच गर्दा २ किलो ९ सय ३० गा्रम लागुऔषध चरेश बरामद गरिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं.२ डम्पिङ साइडतफ लागुऔषधको खरिद बिक्री सूचनाको आधारमा एक जना संकाष्पद व्यक्तिलाइ रोकी चेकजाँच गर्दा २ किलो ९ सय ६० ग्राम लागुऔषध चरेश जस्तो देखिने पदार्थ भेटिएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।

प्रहरीले गरीलाइ नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


सम्बन्धित समाचार