Logo

२ असोज,वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल र जैन तेरापन्थ समाजको सहकार्यमा बुधबार निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ ।

नेपाल मेडिसिटी वयोधा अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९६ जनाको चेक जाँच गरिएको छ ।

शिविरमा डा. मनबोध कुमार साह, डा. रश्मी गिरी, डा. आनन्द रौनियार, र डा. हरीश जमालका साथमा नर्सिगं स्टाफको उपस्थितिमा सहभागीहरूलाई विशेषज्ञ परामर्श तथा निःशुल्क औषधि र रगतपरीक्षणको सेवा प्रदान गरिएको थियो ।
समुदायको स्वास्थ्य लाभका लागि आयोजना गरिएको शिविरले जनकल्याणको अभियानलाई अगाडि बढाएको नेपाल मेडिसिटी वयोधा अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविरमा परामर्श लिन आएकाहरुले नेपाल मेडिसिटी जस्तो ख्यातिप्राप्त अस्पतालले यस्ता सेवाहरू निःशुल्क रुपमा प्रदान गरिरहेकोमाअत्यन्तै खुशी लागेको बताए । यस्ता कार्यले समुदायलाई ठूलो राहत दिएको उनीहरुले प्रतिक्रिया दिए ।

डा. मनबोधले नेपाल मेडिसिटीले ठूलो पहलकदमी लिएर स्वास्थ्य शिविर सञ्चालन गरेकोमा अत्यन्तै खुशी लागेको बताए । यसले समुदायको स्वास्थ्यप्रति अस्पताल निक्कै जिम्मेवार भएको दर्शाएको र यस्तो कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व महसुस गरेको डाक्टर मनबोधको भनाई छ ।


सम्बन्धित समाचार