Logo

२ असोज,पर्सागढि । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा न २९ नारायणगढ मुग्लिङ्ग सडक खण्डको सिमलतालमा बस दुर्घटनामा परि बेपत्ता भएका पर्सागढि निवासि एकै परिवारका दुईजना लाई पर्सागढि नगरपालिकाले जनहि २५ – २५ हजार सहयोग गर्ने भएको छ ।

बिपत्त ब्यवस्थापन समितीका सयोजक तथा नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा आज कसेको बिपत्त ब्यवस्थापन समितिको बैठकले ब्यपत्ता दम्पतीको परिवार लाई क्रिया खर्च स्वरुप २५ – २५ हजार दिने निर्णय गरेको हो ।

वीरगञ्ज बाट काठमाडौं तर्फ जान्दै गरेको बागमती प्रदेस ०३–००६ ख १५१६ नम्बरको एनजल डिलक्स बस सिमलतालमा पहिरोमा परि दुर्घटना हुदा सोही बसमा सवार पर्सागढि नगरपालिका वडा न ७ निवासी बर्ष ६७ को सलिम मिया र निजको श्रीमति बर्ष ६६ को जनबिया धुनिया दुर्घटनामा परि बेपत्ता भएको र बेपत्ता परिवार लाई २५–२५ हजार गरि ५० हजार सहयोग गर्ने निर्णय भएको नगर प्रमुख पाठकले बताए ।

बैंककमा नगर उपप्रमुख पुजा चौधरी , बाताबरण तथा बिपत्त ब्यवस्थापन शाखा प्रमुख देव कुमार गिरि , वडा अध्यक्ष बिरेन्द्र महतो , रेडक्रस उपशाखा बिरुवागुठिका सयोजक मोहमद जुकुर्ला , पार्टी प्रतिनिधि , प्रहरी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार