Logo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ ।

पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे ।

उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमितिमा रुपान्तरण गरिएको घोषणासमेत गरे ।

लामिछानले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरेका छन् ।

राजनीतिक प्रतिवेदन पढेर सुनाउँदै लामिछानले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे ।

उनले प्रदेशसभा संरचना खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए ।

सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दामुनि झारिने उनको प्रस्ताव छ ।

लामिछानले रास्वपाका नेताहरूमाथि झुटा मुद्दा र आरोप लगाउने काम भएको जिकिर गरे। आफूहरूलाई सबै दल मिलेर एक्लाउने काम भएकोसमेत दुखेसो उनले पोखे ।

 


सम्बन्धित समाचार