Logo

३ असोज,वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले बर्तमान संबिधानको खारेजीको माग गर्दै आज वीरगञ्जमा अन्त्येष्टि यात्रा निकालेको छ ।

सो क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव ,सुनिल साह ,राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्या पर्साको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए । पक्राउ परेकाहरुलाई संविधान विरुद्ध लाग्ने मुद्दामा कारवाही गर्ने उनले बताए । तर, मुद्दा के लगाउने भन्ने चाहिँ यकिन नभएको उनले बताए ।

यसैबीच सरकारले बिहीबार संबिधान दिवस मनाउदै गर्दा आजपाले संबिधानको खारेजीको माग गर्दै देशका विभिन्न ठाउँमा अन्त्येष्टि यात्रा निकालेको छ ।

आजपा केन्द्रीय सदस्य एंव मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड एंव हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।


सम्बन्धित समाचार