Logo

सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिको बुधबार बसेको बैठक । तस्बिरः किरणराज विष्ट/रासस

३ असोज,काठमाडौं। आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्का फरक–फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो। यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन्।

प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिको समय दिएर सार्वजनिक उजुरीको सूचना प्रकाशित हुने छ र त्यसपछि मात्र थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।

परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो ।

 


सम्बन्धित समाचार