Logo

३ असोज,सेढवा । पर्साको ग्रामीण भेगमा रहेका सरकारी कार्यालयहरुमा बिभिन्न कार्यक्रम गरी संबिधान दिवस मनाइएको छ ।

जगरनाथपुर गाउपालिकाको कार्यालय भवनमा गापा अध्यक्ष श्रीकान्त प्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

जनप्रतिनिधिहरु तथा पालिकाका बिभिन्न शाखाका कर्मचारीहरुको बीच अध्यक्ष यादवले संबिधान दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रिय झण्डा फहराएको थिए। त्यस्तै संबिधान दिवसको अवसरमा यस पालिकामा रहेका सामूदायिक बिद्यालय परिसरमा बृक्षारोपण गरिएको शिक्षा शाखाका प्राबिधिक रबिन्द्र प्रसाद यादवले बताए। पालिकाबाट रातरानी, सफेता, बेल, लहरे अशोक तथा गोल्डमोहर जातका निःशुल्क बिरुवा उपलब्ध गराईएको प्राबिधिक यादवले बताए।

आज दुर्गा प्रा बि हरपुर, रामजानकी प्रा बि बिजबनिया, नि मा बि सुहपुर लगायतका बिद्यालयमा करिब चार सय बिरुवा रोपिएको भोली शुक्रवार पनि बृक्षारोपण कार्यक्रम हुने प्राबिधिक यादवले बताए। यसका साथै आज राती यस पालिकामा रहेका छव वटै वडा कार्यालयहरुमा दिप प्रज्वलन गरी दिपावली मनाइने बताए।

उता ठोरी गाउँपालिकामा संबिधान दिवसको अवसरमा हिजो बुद्धवार देखि तीनसम्म दिपावली मनाईरहेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए। पालिका भित्र रहेका सरकारी कार्यालयहरुमा दिपावली मनाउने अधिकृत थापाले बताए। यसका साथै आज गाउँपालिकाका कार्यालय घ्याङ्गडाडामा गा पा अध्यक्ष लालबहादुर श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा फहराएको अधिकृत थापाले बताए।


सम्बन्धित समाचार