Logo

४ असोज, वीरगञ्ज । बिहिबार सविंधान दिवसको दिन पक्राउ परेका आम जनता पार्टी र जनमत पार्टीका नेता कार्यकर्ताहरु रिहा भएका छन् ।

संविधान दिवसको दिन आजपाले संविधानको विरोध गर्दै वीरगन्जमा अन्तेष्टी यात्रा निकालेको थियो । प्रहरीले सो ¥यालीलाई रोक्न खोज्दा प्रहरी र आजपाका नेता कार्यकर्ताहरुबीच झडप भएको थियो ।

प्रहरीले पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिक सहित ९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले विहिबार बेलुका नै रिहा गरेको हो । सबैलाई समझाई बुझाई विहिबार बेलुका नै घर फर्काइएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

प्रवक्ता भारतीले भने, “हामीले आजपा र जनमतका केहि नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएका थियौ, हिजै नै हामिले समझायौ बुझायौ र घर फर्काइदियौ ।” विहिबार सविंधान दिवसको दिन जनमत पार्टीका नेता कार्यकर्ताहरु पनि पक्राउ परेका थिए ।

जनमत पार्टीले सविंधान संशोधनको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेको थियो । जनमतले सविंधानको संसोधनको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीले जनमतका जिल्ला अध्यक्ष ओम प्रकास सरार्फ लगायत ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई पनि विहिबार बेलुका नै रिहा गरेको हो । उनीहरुलाई पनि समझाए बुझाएर छाडिएको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार