Logo

४ असोज,काठमाडौँ । सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा अन्तरगत रहेको सार्वजनिक लेखा समितिका सदस्य मैनालीको अध्यक्षतामा पछर्यौट समिति गठन गर्ने र समिितको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो ।

बैठकले आगामी कात्तिक ५ देखि १० सम्म सयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिने उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने पनि निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिताकुमारी महर्जन र महेशप्रसाद काफ्लेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै पूर्वसचिव शारदाप्रसाद तित्रालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजकमा सदस्य महेन्द्रकुमार थापा रहने गरी तोक्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार