Logo

५ असोज,टोकियो । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

सरकारले विज्ञप्तिमार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भूमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताए ।

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ । इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन्

प्रभावित क्षेत्रका केही मानिसहरू सञ्चार सेवाविहीन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

इशिकावाको निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन विभागले जनाएको छ । जापान मौसम विज्ञान विभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले सरकारलाई प्राथमिकताका साथ जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिए।


सम्बन्धित समाचार