Logo

५ असोज,गौर । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा झाडापखाला बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

राजपुर नगरपालिका वडा नम्बर ३ र ४ को झाडापाखालाका ३८ जना बिरामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा भर्ना भएको छ । जसमध्ये १८ जना उपचारपछि घर फर्केका छन् भने २० जनाको उपचार भइरहेको स्वास्थ्य संयोजक खुर्शेद आलमले जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सात जना बिरामीको प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट नमुना परीक्षण गर्दा ६ जनामा हैजाको कीटाणु फेला परेको थियो ।

यस विषयमा राजपुर नगरपालिकाको स्वास्थ्य संयोजक आलमले प्रादेशिक अस्पतालमा आरडिटी परीक्षणबाट ६ जनामा पोजेटिभ देखिएको बताउनुहुँदै आरडिटी भरपर्दो नभएका कारण नमुनाको कल्चर प्रविधिबाट पुनः परीक्षणका लागि जनकपुरधाम पठाइएको बताउनुभयो ।


सम्बन्धित समाचार