Logo

५ असोज,ठोरी । एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । शनिवार जीराभवानी गापा –३ , जीतपुरमा सम्पन्न परिषदले रमेश चौधरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । चौधरी संगठनको कार्यबाहक अध्यक्ष समेत हुन्।

परिषदबाट राम प्रवेश पटेल उपाध्यक्ष र उमेश कुमार यादव सचिवमा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै ठोरीकी शिक्षक रमा कुंवरलाई परिषदले कोषाध्यक्षमा सर्वसम्मत गरेको हो ।

परिषदलाई सम्बोधन गर्ने वक्ताहरुले सबैखाले शिक्षकको तमाम समस्या समाधान गर्न अखिल शिक्षक संगठन अग्रसर हुनुपर्नेमा जोड दिए । संसदमा विचाराधीन शिक्षा विधेयेक शिक्षकमैत्री हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र पर्सा ईन्चार्ज विजय महत्तो थारु , संगठनका मधेस प्रदेश संयोजक भुपनारायण अधिकारी , निवर्तमान जिल्ला अध्यक्ष रामेश्वर पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संगठनको कार्यबाहक पर्सा अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठन आबद्ध विभिन्न पालिकाका शिक्षकहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार