Logo

५ असोज,पर्सागढी । पर्साको पर्सागढि नगरपालिका वडा न ३ लच्का खोला नजिक मोडमा खेलकुद मन्त्री सवार गाडिले मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाकलमा सवार दुई जना घाइते भएका छन ।

महुवन बाट बडनिहार हुन्दै जितपुर कार्यक्रममा सहभागी हुन जादै गरेका मधेस प्रदेसका खेलकुद मन्त्री प्रमोद जयसवाल सवार गाडी प्र २–०२–००१– झ ०१८२ नम्बरको सरकारी गाडिले बिरगंज तर्फबाट पर्सागढिको हरपुर ससुराली हिडेका ना ६४ प ८४८१ नम्बरको मोटरसाईकल लाई ठोक्कर दिदा मोटरसाईकल चालक बिरगंज महानगरपालिका वडा न २७ जसौली निवासी बर्ष २५ को दिपक दास तत्मा र उनको श्रीमति घाइते भएका हुन ।

घाइते दुबैजनाको बडनिहार स्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ ।दुबै पक्ष लाई बडनिहार प्रहरी चौकिमा छलफल गराई घाइतेको उपचार र मोटरसाईकलको मर्मत गर्ने सर्तमा राखिएको बडनिहार प्रहरी चौकिका प्रहरी साहायक निरीक्षक संजय रामले जानकारी दिए ।


सम्बन्धित समाचार