Logo

६ असोज,काठमाडौँ । आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु. एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।

असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु. दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु. एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय २० निर्धारण भएको छ ।


सम्बन्धित समाचार