Logo

६ असोज,काठमाडौं । विद्युतीय अपराध सजाय ऐन अन्तर्गत कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै जिल्ला अदालतमा म्याद थप्ने तयारी प्रहरीले गरेको छ ।

साइबर ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालका अनुसार प्रसाईंको मेडिकल जाँचपश्चात आजै अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरिएको हो ।
उनले भने, ‘प्रसाईंलाई कार्यालय ल्याइसकेका छौं । मेडिकल जाँच गराएर म्याद थपका लागि अदालत लैजान्छौं ।’

प्रसाईंविरुद्ध गत बुधबार नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले आज मात्रै पक्राउ गरेको हो । अदालतले प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


सम्बन्धित समाचार