Logo

७ असोज,काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।


सम्बन्धित समाचार