Logo

७ असोज,काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता–कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै उनीहरूले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । उक्त विरोध कार्यक्रम निरन्तर चल्ने गौतमले बताए । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरूको आरोप छ ।

प्रदर्शनमा सहभागीहरूले ‘सरकारको षड्यन्त्रविरुद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका छन्। सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीवी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो । सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि आइतबार जोशी काठमाडौँ बाट पक्राउ परेका थिए ।

उनलाई काठमाडौँमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पु¥याइएको छ ।


सम्बन्धित समाचार