Logo

७ असोज,काठमाडौं । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।

श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो । आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त गरिएको छ ।

भ्रष्टाचारविरोधी अभियान, सन् २०२२ को प्रदर्शनको नेतृत्व र गठबन्धन बनाएर उठेका अनुराले ५७ लाखभन्दा धेरै मत ल्याएर चुनाव जितेका हुन् । सन् २०१९ को चुनावमा भने उनी तेस्रो भएका थिए । त्यो चुनावमा उनले ४ लाख १८ हजार बढी मत ल्याएका थिए ।


सम्बन्धित समाचार