Logo

७ असोज,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतमा उनलाई रिहाइको माग गर्दै सोमबार निवेदन दर्ता गरिएको हो ।

साइबर अपराधको आरोपमा प्रसाईँ आइतबार पक्राउ परेका थिए भने काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।

जिल्ला अदालतले तीन दिन थुनामा पठाएपछि प्रसाईँ परिवार सर्वोच्च पुगेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार निवेदन दर्ता भएको र भोलि (मंगलबार)का लागि पेशी तोकिएको छ ।

 


सम्बन्धित समाचार