Logo

७ असोज,वीरगञ्ज । आम दलित मोर्चाको मधेश प्रदेश कमिटीको बैठकले दलितहरुको घर निर्माणका लागि संघर्ष गर्ने निर्णय गरेकोछ । रौतहटको चन्द्रपुरमा बसेको उक्त बैठकले आम दलितलाई सम्मान, अधिकार र आवासको दिलाउने प्रतिबद्धता सहित गरिब दलितको आवास निर्माणको लागि संघर्ष गर्ने निर्णय गरेको हो ।

आम दलित मोर्चाको केन्द्रिय अध्यक्ष ठागा दासको बिशेष उपस्थितिमा बसेको उक्त बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह, मधेश अध्यक्ष उमेश कुशवाहा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार