Logo

७ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले नै दुई दलीयतिर जान खोज्ने कोशिशलाई अधिनायकवादको संज्ञा दिएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन ; अपेक्षा र वास्तविकता’, विषयक छलफलमा थ्रेस होल्ड बढाएर दुई दलीयतिर जाने नेपाली कांग्रेस र एमालेको कोशिशबारे उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘दुई दलीय र थ्रेस होल्डबारे अहिले केही नेताहरू बोल्न थाल्नु भएको छ । उहाँहरूले संविधानअनुसार नै बोल्नु भएको हो या कसरी, थाहा भएन । तर, नेपालमा दुई दलीय भनेको अधिनायकवादतिरको यात्रा हो’, उनले भने, ‘बहुदलीयता हाम्रो संविधानको आधारभूत विशेषता हो, दुई दलीय होइन । हाम्रो संविधानमा समानुपातिक र समावेशी कुरा पनि छन् । ती हाम्रो संघर्षका उपलब्धि हुन्। बरु हामीले संविधानको सर्वस्वीकार्यताको बाटोमा जानु पर्छ ।’

पछिल्लो समय खासगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितले दुई दलीयको वकालत गर्दै आएका छन् ।

गत असार १७ गते कांग्रेस र एमालेले गरेको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको कुरा राखिएको छ ।

दुई ठूला दलले हाल कायम ३ प्रतिशतको थ्रेस होल्ड बढाएर १० प्रतिशत पु¥याउँदा साना दलहरू सकिने चिन्ता भइरहेका बेला प्रचण्डले अधिनायकवादको संज्ञा दिएका हुन् ।


सम्बन्धित समाचार