Logo

८ असोज, काठमाडौँ ।  एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना उत्तीर्ण  भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैतमा लिएको नियमित परीक्षामा एनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उतीर्ण भएका हुन् ।

दुई लाख १० हजार तीन २१ जनाले परीक्षा दिएकोमा एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार  एनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् ।

कार्यालयले आठ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । पौडेलका अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् । जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जिपिए २.४१ देखि २।८० ल्याउने ७४ हजार ४ सय ६ जन छन् । जिपिए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन् । त्यस्तै जिपिए ३.१ देखि ३।६ ल्याउने एक हजार ५ सय १८ जना छन् ।

विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ।

संस्थाहरुको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को बेवसाइटमा राखिएको परीक्षा बोर्डले जनाएको छ।


सम्बन्धित समाचार