Logo

८ असोज,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उपप्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच सोमबार भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्र संघको ७९ औँ महासभाको दौरान साइडलाइनमा भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई जनाबीच नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगले जनाएको छ ।

त्यस अवसरमा नेपालमा लगानीको विषयमा पनि कुराकानी भएको थियो । उक्त भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि साथमा थिइन् ।

 


सम्बन्धित समाचार