Logo

८ असोज,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साले अन्तर विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना गरेको छ ।

प्याब्सन पर्सा जिल्ला कार्य समिति र महानगर समितिको संयुक्त आयोजनामा वीरगन्जको स्वीमिङ पुलमा पौडी प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ५० मिटर फ्रि स्टाईल सिनियरतर्फ साउथ जोन माबिका सुजल चौधरी प्रथम,मुनलाईट माबिका सत्येन्द्र यादव दोस्रो,नवदिप एकेडमीका बिजय महतो तेस्रो भएका थिए ।

जुनियरतर्फको २५ मिटर फ्रि स्टाईल सनलाईट माबिका बिक्रम महतो प्रथम,सनलाईटकै बिराज पटेल दोस्रो,ज्ञान्दा एकेडमीका सोनु पटेल तेस्रो भएका थिए । प्याब्सनका पर्सा अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि एवं नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, प्याब्सनका प्रदेश बरिष्ठ उपाध्यक्ष श्याम केसी, बरिष्ठ सल्लाहाकार लालबाबु पटेल, मणी पाख्रिन, पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, महानगर सचिव राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० वटा विद्यालयका जुनियर र सिनियर गरी ४० जना विद्यार्थीहरुले भाग लिएको प्रतियोगिताका संयोजक तथा लिटल एञ्जल्स माविका निर्देशक तथा प्रिन्सिपल सनी पाख्रिनले जानकारी दिनुभयो । प्रतियोगितामा पौडी प्रशिक्षक जगत घिसिङ लगायतको टोलीले निर्णायक भूमिका खेल्नु भएको थियो ।

 


सम्बन्धित समाचार