Logo

९ असोज,काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।


सम्बन्धित समाचार