Logo

९ असोज,वीरगञ्ज । दुई दिनको कार्यक्रममा मधेस झर्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज बिहानैदेखि राजनीतिक भेटघाट शुरु भएको छ । हिजो पर्सामा आउनु भएका कांग्रेस सभापति देउवा दिनभरी पटेर्वासुगौली गाउँपालिकामा निर्माण भएको आधारभूत अस्पताल उद्घाटनमा व्यस्त रहे ।

आज बिहानैदेखि नेताकार्यकर्ताहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ । सभापति देउवा वीरगन्जको होटल दियालो लडर््समा बस्नु भएको छ । त्यहि मधेस प्रदेशका शीर्ष नेताहरु र जिल्ला सभापतिहरुसँग भेटघाट गरिरहनु भएको नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायाण कुर्मीले बताए ।

देउवाले प्रत्येक जिल्लाको सभापतिसंग भेटघाट गरेका छन् । मधेश प्रदेशको पर्सादेखि सप्तरीसम्मका ८ वटै जिल्लाका सभापति तथा नेता÷कार्यकर्ता पहिलोचरणमा भेटघाट जारी छ । भेटघाटपछि अपरान्ह ३ बजे कांग्रेस पर्साको पार्टी कार्यालय रहेको आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको उपसभापति कुर्मीले बताए । त्यसपछि कांग्रेस सभापति देउवा साँझ सिमरा विमानस्थलबाट राजधानी काठमाडौं फर्किनुहुने छ ।

 


सम्बन्धित समाचार