Logo

९ असोज,काठमाडौँ । नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बारले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिको बैठकमा भएको सहमति अनुसार न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरिएको भन्दै बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

‘कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा उल्टै असंवैधानिक तवरबाट न्याय परिषदबाट थप निर्णयहरू गर्नका लागि बिदामा बसेका प्रधानन्यायाधीश र संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी भएका व्यक्तिहरूबाट नेपालको न्यायपालिकालाई गम्भीर असार पार्ने निर्णय हुन लागेको छ’ बारको विज्ञप्तिमा भनिएको छ ‘ विरोध जनाउँदै कुनै पनि मुद्दामा असर नपर्ने गरी मिति २०८१ असोज अहिले केहिबेरदेखि विरोध कार्यक्रम आयोजना गरेको जानकारी गराउँदछौँ ।’

 


सम्बन्धित समाचार