Logo

१० असोज,काठमाडौं । लेबनानका विभिन्न स्थानमा इजरायलको आक्रमणमा थप ७२ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै इजरायलको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा ६२० पुगेको छ ।

इजरायलको ठूलो बमबारी अभियानबाट करिब पाँच लाख मानिस विस्थापित भएको हुन सक्ने अनुमान गरिएको लेबनानका विदेशमन्त्रीलाई उद्धृृत गर्दै अलजजिराले जनाएको छ।

इजरायलले यसअघि गत सोमबार हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाइ आक्रमण गरेको थियो। आक्रमणमा ५०० भन्दा बढीले ज्यान गुमाएका थिए भने १ हजार ६०० भन्दा बढी घाइते भएका थिए।

यसैबीच, अमेरिकासहितका शक्तिशाली देशहरूले लेबनान–इजरायल सीमामा २१ दिने युद्धविरामको आह्वान गरेका छ, जुन संयुक्त विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन्। एजेन्सी

 


सम्बन्धित समाचार