Logo

१० असोज,रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।

बुधबार मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा र भौतिक पूर्वाधारसँगै विविध पक्षलाई मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई सर्वोत्कृष्ट घोषणा गरेका हुन् ।

भौतिक पूर्वाधारलगायत विभिन्न पक्षको विश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई सर्वोत्कृष्ट घोषणा गर्नुको साथै प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

यस्तै एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरी फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दङ्गालाई रोक्ने काममा खेलेको भूमिका, महावीर झन्डा मेलामा विवादरहित सम्पन्न गर्न उल्लेखनीय भूमिका खेलेको र तस्करी नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम गरेकोले पुरस्कृत गरिएको बताइएको छ ।

 


सम्बन्धित समाचार