Logo

११ असोज, चितवन। चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको माईक्रो दुर्घटनामा १६ जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा ३ ख १७५२ नंम्वरको माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नंम्वरको दूध बोक्ने ट्याङ्कर गए राती ११ः३० बजे एक–आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार  दुर्घटनाका घाइते सबै  माइक्रोमा यात्रा गर्ने चालक सहितका यात्रु हुन् ।

दुर्घटनामा घाइते हुनेमा पूर्वी नवलपरासी  कावासोतीका  २४ वर्षीया  सृष्टी भुसाल, वर्ष ५२ को को रामजी भुसाल, सोनीका भुसाल र साहिल श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भई चितवन मेडिकल कलेजमा उपचार गराइएकामा  कावासोतीका कमला श्रेष्ठ, रेजिना पराजुली अरुणिमा पौडेल, माइक्रो चालक कावासोतीका  चिन्ता बहादुर महतो,  कावासोती ७ बस्ने वर्ष ३२ को सन्तोष महतो, कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङगेली, कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले, कावासोती २ बस्ने वर्ष ६ को ईहान आले , कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुसाल, कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुसाल, सुनिल गरौँ र बागलुङ जयमिनि गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३७ को फणीन्द्र थापा रहेका छन् ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छ ।


सम्बन्धित समाचार