Logo

११ असोज, विहार (भारत) । नुहाउने क्रममा नदिमा डुबेर भारत विहारमा ३७ बालबालिका सहित ४६ जनाको ज्यान गएको छ ।

पूर्वी भारत विहारका १५ जिल्लामा रहेका नदी र पोखरीमा जितिया पर्वमा धार्मिक स्नान गर्दा उनीहरू डुबेको भारतिय प्रहरीलाई उदृत गदै भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।

सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा दुई दिनमा २२ जनाको डुबेर ज्यान गएको थियो ।


सम्बन्धित समाचार