Logo

११ असोज,काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ।

मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्।
आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।


सम्बन्धित समाचार
भर्खरै