Logo

११ असोज,बारा । पर्यटन ,न्याय र शान्ति मुल नाराको साथ बाराको सिमरामा ४५ औँ बिश्व पर्यटन दिवस मनाईएको छ ।

काठमाडौँबाट पहिलो आउँने हवाईजहाजका यात्रुहरुलाई खाजा ,खाँदा र रुद्रराक्षको मालाले स्वागत गर्ने कार्यक्रम राखिएपनि मौसम प्रतिकुलताको कारण यो कार्यक्रम रद्ध गरिएको होटल तथा पर्यटन ब्यवसायी मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।

पर्यटन दिवसकै अवसरमा बिमान स्थलमै गरिएको लक्की ड्र प्रतियोगितामा एक जनाले बुद्ध एयरलाईन्सका र एक जनाले यती एयर लाईन्सका टिकट जितेका थिए । आज काठमाडौँ यात्रा गर्न टिकट लिएका यात्रुहरुमध्ये गरिएको गोला प्रथामा दुई जनालाई हवाईजहाज टिकट फ्रि गरिएको हो ।

बिहानको हवाईजहाज अबिरल बर्षा र फिजिबिलिटीको कारण सिमरा बिमानस्थलमा अवतरण गर्न गर्न सकेन् । आयोजकले हवाईजहाजको पाईलट र काठमाडौँबाट फर्किने क्रममा पहिलो आउँने यात्रुलाई दिन राखेको मायाको चिनो सिमरा बिमान स्थलका प्रमुख सुर्य खत्रीलाई हस्तान्तरण गरेका थिए । आजका दिन बाराका होटल ब्यवसायीहरुले बिश्व पर्यटन दिवसको अवसरमा होटल, खाना र घुमफिरमा बिशेष छुट दिएका छन् ।


सम्बन्धित समाचार