Logo

११ असोज, पर्सागढी । गएराती देखिको अविरल बर्षाका कारण पर्साको पर्सागढी नगरपालिका लगायत ग्रामीण भेगको जनजीवनमा असर परेको छ । निरन्तरको बर्षाले दैनिक ज्यालादारी गरी घरपरिवार पाल्नेहरुलाई कष्टकर भएको छ । ज्यालादारीबाटै जीवन निर्बाह गर्दै आईरहेकाहरुलाई अविरल बर्षाको कारण घरबाट बहिर निस्किन सकेका छैनन् ।

अहिले छोटो समयमा पाक्ने धान काट्ने समय रहेकोले बर्षाले धान काट्न समस्या भएको पर्सागढी नगरपालिका वडा नं. ३ का दैनिक ज्यालादारी काम गर्दै आएका शिवनाथ माझी बताउछन् । माझीले दैनि ज्यालादारीबाटै ७ जनाको परिवार पाल्दै आएका छन् । त्यसैगरी अविरल बर्षाको कारण बिहानैदेखि जनता सडक सुनसान देखिएको छ ।

सुनसान देखिएकै कारण ग्रामीण भेगको मुख्य बजारहरु सुनसान देखिएको हो । बर्षाको कारण मानिसहरु घरबाट बाहिर ननिस्किदा बडनिहार बजार, मनवा, रङ्गपुर लगायतका बजारहरु सुनसान देखिएको हो ।

बडनिहार बजारका ईलेक्ट्रिक व्यापारी मोमताज अन्सारीका अनुसार अबिरल बर्षाको कारण बिहानैदेखि मान्छेहरुको चहलपहल नहुदा दोकानमा एकपैसाको पनि बिक्री नभएको उनले बताए । केही दिनदेखिको उखरमाउलो गर्मी पानी परेपछि भने राहत मिलेको पर्सागढी नगरपालिका वडा न २ का गगा आचार्य बताउँछन् ।


सम्बन्धित समाचार