Logo

११ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली ल्याएका अठार लाख ६१ हजार ६ सय बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारको सँयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१२ मुर्लीबाट भारतबाट अबैध रुपमा ल्याइएको १६ लाख २५ हजार चार सय बराबरको बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँत माझ्ने ब्रस बरामद गरेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका २५ चण्डाल चोकबाट भन्सार छली बीआर ०५ यु ४२१० नम्बरको मोटरसाईकलबाट कपडा बरामद गरेको हो । ८६ हजार दुई सय बराबरको कपडालाई मोटरसाईकलसहित आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सत्रस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार