Logo

११ असोज, वीरगञ्ज । महिला उद्यमशिलता तथा महिला स्वरोजगारको लागि १५ दिने निःशुल्क हस्तकला समाग्री उत्पादन तालिम शुक्रबार सम्पन्न भएको छ । इलम हेल्भिाटासको आर्थिक सहयोगमा आमा नेपाल फाउन्डेशन तथा वीरगंज नेपाल विजनेश कन्सलटेन्सी प्रा।लि।को संयुक्त आयोजनामा मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित फू, फूलको बुके, फूल राख्ने बास्केट तथा ढाकीको सामाग्रीहरुको तालिम सम्पन्न भएको हो ।

स्थानीय स्त्रोत साधन र खेर गईरहेको वस्तुबाट आर्थिक उपार्जन गरी महिला उद्यमी तथा महिला स्वरोजगारको विकास गर्नका लागि आमा नेपाल फाउन्डेशनको बर्षौको प्रयास तथा इलम हेल्भिटासको विश्वास र आर्थिक सहायता, वीरगंज नेपाल बिजनेश कन्सलटेन्सी प्रा.लि.को सहकार्यमा भाद्र २७ गते उद्घाटन भएको थियो । आमा नेपाल फाउन्डेशनको कार्यालयमा १५ दिन सम्म चलेको हस्तकला सामाग्री उत्पादन तालिमको वीरगंज स्थित होटल मकालुमा आज समापन कार्यक्रम राखिएको थियो ।

समापन कार्यक्रममा तालिममा सहभागीहरुले मकैको खोस्टा तथा बाँसको चोयाबाट बुनेको सामाग्री प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा मधेश सरकारका मुख्य न्यायाधिवक्त्ता सुरेन्द्र कुमार महतो, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, महिला समाजसेवी उषा शाह, वीरगंज नेपाल बिजनेश कन्सलटेन्सी प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल कुमार साहले अवलोकन गरेका थिए ।

समापन कार्यक्रममा महिला समाजसेवी उषा शाहले महिलाहरुले निर्माण गरेको हस्तकला तथा समाग्रीको बजारीकरण तथा प्रदर्शनीको लागि उद्योग वाणिज्य संघले सहयोग गरी व्यवस्था मिलाएर महिला उद्यमी तथा महिला स्वरोजगारको बढावा दिनु पर्ने धारणा राखेकी थिईन् । आमा नेपाल फाउन्डेशनद्वारा दिएको तालिम र तालिम पश्चात निर्मित उत्पादनको बजारिकरणको व्यवस्थामा सहयोगका लागि छलफल गरि महिला उद्यमी तथा महिला स्वरोजगारको सुनिश्चितताको लागि अग्रसर हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताए ।

महिला उद्यमी तथा महिला स्वरोजगार विकासको लागि वीरगंज उद्योग वाणिज्य संघ तत्पर रहेको बताउदै आमा नेपाल फाउन्डेशनलाई वीरगंज उद्योग वाणिज्य संघबाट आयोजना हुने टे«ड प्रमोशन एक्सपो तथा प्रदशर्नीमा निःशुल्क स्टलको व्यवस्था मिलाईने पनि बताए । मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित स्थानीय हस्तकला सामाग्रीको बजारीकरणको लागि अध्ययन तथा सम्भाव्यताको खोजी गरी राष्ट्रिय बजार तथा अन्तराष्ट्रिय बजारको खोजी गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


सम्बन्धित समाचार