Logo

१३ असोज, काठमाडौँ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका छन्  ।

नेपालमा आएको प्राकृतिक विपत्तिका कारण देश विपद्मा परेपछि प्रधानमन्त्री ओली आफनो भ्रमण तालिका छोट्याएर स्वदेश फर्कन लागेका हुन्  संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका  प्रधानमन्त्री ओलीले अमेरिकामा रहेको औपचारिक र अनौपचारिक कार्यक्रम समेत रद्द गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले देशमा आइपरेको विपत्तीका कारण आफु मर्माहत भएको प्रतिक्रिया दिएका छन् । काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि अमेरिकाबाटै सम्बन्धित निकायलाई उद्धारमा खट्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई उद्धारमा खटिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एक नारायण अर्याल लगायतलाई समन्वय गर्न निर्देशन दिएका थिए । उनले विपद्का बेला सबै मिलेर उद्धारमा सहयोग गरौं भन्दै अपिल समेत जारी गरेका छन् ।


सम्बन्धित समाचार