Logo

१३ असोज,काठमाडौं । धादिङको झ्याप्ले खोलामा १६ वटा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आइतबार दिउँसो १ बजेसम्म १६ वटा शव निकालिएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ। अहिलेसम्म चार जना महिला र १२ जना पुरूषको शव निकालिएको हो।

८ वटा शवलाई काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल ल्याइएको छ। अन्य बाँकी ८ वटा शव लिन शववहान घटनास्थलतर्फ जाँदै गरेको एसपी अधिकारीले बताए। यस्तै शनिबारमात्रै सोही ठाउँबाट हायस र बसबाट १४ वटा शव निकालिएको थियो।


सम्बन्धित समाचार