Logo

१३ असोज,काठमाडौँ । बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्।

१०१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ हजार ६६१ जनाभन्दा बढीको उद्धार गरिएको छ।

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

लामो यात्रामा निस्किनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।


सम्बन्धित समाचार