Logo

१४ असोज, वीरगञ्ज । विश्व मुटु दिवसको उपलक्ष्यमा आईतबार वीरगञ्जका विभिन्न स्थानमा नेपाल मेडिसिटी बयोधा अस्पतालका स्वास्थ्यकर्मीहरुले फ्यास मब सहित सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले वीरगञ्जको गहवा माईस्थान, भाटभटेनी सुपरमार्केट, जिल्ला प्रहरी कार्यालय लगायतका स्थानहरुमा उक्त हबको आयोजना गरेको हो ।

स्वास्थ्यकर्मीहरुले सांगितीक कार्यक्रम सहित मुटुरोगबाट कसरी बच्ने र यसको लागि क्रियाशील जीवनयापनमा जोड दिदै मुटु रोग लाग्न नदिन के गर्ने भन्ने बारे जानकारी उक्त कार्यक्रम मार्फत दिएका छन् ।

विश्वमा लाखौ मानिसहरु दैनिकजसो मुटु रोगबाट आक्रान्त भईरहेको र त्यसै अनुसार हृदयघात, मधुमेह, उच्च रक्तचाप लगायतका रोगहरुका विरामीहरु समेत बढिरहेकोले आफूहरुले विरामीहरुको उपचार संगसंगै जागरण कार्यक्रमहरु पनि गरिरहेको नेपाल मेडिसिटी अस्पतालका ईन्टनल मेडिसिन विभागका प्रमुख डा. अभिशेक सिंहले बताए ।

वीरगञ्जको गहवा माईस्थान र भाटभटेनी सुपर मार्केटमा ठूलो संख्यामा स्थानीय जनताहरुको उपस्थितमा आयोजना गरिएको कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका फिजिसियन डा. मनबोध शाहले मुटुरोगको लागि दैनिकरुपमा हामी सबैले काम गर्नुपर्ने बताए ।


सम्बन्धित समाचार