Logo

१४ असोज,काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ। दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आएको बाढी, पहिरोमा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो।

शनिबारदेखि बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि रेडक्रम सोसाइटीका स्वयंसेवक परिचालन गरेको सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले बताए। उनले रेडक्रस सोसाइटीले विपद्मा पर्नेहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा राहत र उद्धारमा परिचालित भएको बताए।

उनले देशभर बाढी, पहिरो प्रभावित क्षेत्रमा परिचालन हुन मातहतका सबै स्वयंसेवकहरुलाई अपिल गरे। उनले रेडक्रस सोसाइटीले विपद्पूर्व सूचना दिने र विपद्मा उद्धार तथा राहतको काम गर्दै आएको बताए।

उनले अहिलेको अविरल वर्षाको कारण परेको विपद्मा पनि काठमाडौं उपत्यकासहित देशभर राहत र उद्धारमा खटिएको बताए। उनले विभिन्न जिल्लाबाट रातहको माग भइरहेको भन्दै सोसाइटीको गोदामबाट पायक पर्ने ठाउँबाट राहतहरु वितरण गरिरहेको बताए।

उनले विपद्का विषयमा सबै जिल्लाहरुका फोनमार्फत विवरणहरु संकलन गरी उद्धार राहतको लागि टोली परिचालन गरिएको पनि बताए। उनले आज धेरै जिल्लाबाट राहतको माग भइरहेको बताए। उनले रेडक्रसले पहिला नै विपद् आइपर्ने अवस्थालाई ध्यान दिई राहत सामग्री विभिन्न जिल्लामा पठाएकाले समयमा नै राहत वितरणसमेत सोसाइटीले गरिरहेको बताए।


सम्बन्धित समाचार