Logo

१४ असोज,काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्। ८९ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

 


सम्बन्धित समाचार