Logo

१५ असोज,काठमाडौं। व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षात्का कारण सडकहरु बन्द भएको र अवरुद्ध सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि टिकट बन्द गर्न लागेको हो।

सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको महासंघले जनाएको छ।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको महासंघको भनाइ छ। महासंघले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको जनाएको छ।

अग्रिम टिकट बन्द हुन लागेपछि छलफलका लागि यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ।

 


सम्बन्धित समाचार