Logo

१५ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको बेला ज्यान नै जोखिममा राखेर काम गरेका सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुपर्ने बताएका छन् ।

बाढीपहिरोको बेलामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य स्वयंसेवकलगायत उद्धारकर्मी ज्यान नै जोखिममा राखेर उद्धारमा खटिएको बताउँदै उनले उनीहरूलाई गाली नगरी प्रशंसा गर्न आग्रह गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले चार हजारभन्दा बढी सर्वसाधारणको ज्यान बचाउने सुरक्षाकर्मीका छिटपुट गल्तीलाई मात्रै नहेरी उनीहरूले मोलेको जोखिमको मूल्यांकन गर्न सुझाएका हुन् ।

 


सम्बन्धित समाचार